बर्दिया – ६४औं प्रहरी दिवसमा जिल्ला प्रहरी कार्यालय बर्दियामा निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविर तथा डेंगो रोग सम्बन्धी सचेतनामूलक प्रशिक्षण मंगलबार सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दिया र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंजको आयोजना तथा नेपाल औषधी ब्यवसायी संघ बर्दियाको सहकार्यमा उक्त निसशुल्क स्वास्थ्य शिविर तथा प्रशिक्षण सम्पन्न भएको हो । शिविरमा करिब २ सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक राजेश नाथ बास्तोला, क्षेत्रीय प्रहरी अस्पताल नेपालगंजका चिकित्सकहरु, पुर्व प्रहरी जिल्ला समिति बर्दियाका अध्यक्ष, नेपाल औषधी ब्यवसायी संघ बर्दियाका अध्यक्ष, संचारकर्मी, पुर्व प्रहरी तथा अमर प्रहरी परीवारका सदस्यहरु लगायत अन्य प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।




प्रतिक्रिया