माटोको भाडा बनाउने र टाँगा चलाउनेलाई प्रहरीको सहयोग : साबुन र मास्क

माटोको भाडा बनाउने र टाँगा चलाउनेलाई प्रहरीको सहयोग : साबुन र मास्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बर्दियामा माटोको भाडा बनाउने तथा टाँगा चलाउनेहरुलाई प्रहरीले मास्कर साबुन बितरण गरेको छ ।

आज बर्दियाको गुलरिया नगरपालिका वडा नं. ७ महाकवि देवकोटा स्कूल टोलमा रहेका टाँगा चालक र माटोका भाडा बनाउने समुदायलाई जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले मास्क र साबुन वितरण गरेका हुन् ।

प्रमुख कार्कीले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेकाले स्वाथ्स्थ्य सावधानि अपनाउन आग्रह समेत गरेका छन् । उनले अनावश्यक घर बाहीर ननिस्कन भन्दै आवश्यक परे मास्को प्रयोग गर्ने , बाहीरबाट घर फर्किएपछि साबुनपानिले हात धुने , भिडभाडमा नजाने २ मिटरको भौतीक दुरी कायम गर्नुपर्ने लगाएतका बिषयमा समुदायका व्यक्तिहरुलाई जानकारी गराएका थिए ।