इन्स्पेक्टरमा भिड्न पाउने उमेर दुई वर्ष बढाउने प्रस्ताव

इन्स्पेक्टरमा भिड्न पाउने उमेर दुई वर्ष बढाउने प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भीड्न दुई वर्ष उमेर बढाउने प्रस्ताव गरेको छ ।

सरकारले प्रतिनिधि सभामा दर्ता गराएको नेपाल प्रहरी सम्बन्धी विधेयकमा भिड्न पाउने उमेर दुई वर्ष बढाउने प्रस्ताव गरिएको छ ।

वर्तमान कानुनमा प्रहरीको इन्स्पेक्टर भीड्न २० वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । अहिले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा इन्सपेकटरमा भिड्न २१ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको हो।

प्रतिनिधि सभामा दर्ता भएको विधेयक पारित भई राष्ट्रिय सभामा पुग्नेछ। राष्ट्रिय सभामा पनि पारित भएपछि कानुनी हैसियत प्राप्त गर्नेछ।

नयाँ प्रस्ताव गरिएको कानुनमा असईमा १८ वर्षदेखि २५ वर्ष, जवानमा १८ देखि २३ वर्ष, कार्यालय सहयोगीमा १८ देखि २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ। असईको यसअघि १८ देखि २४ वर्ष भिड्न पाउने व्यवस्था कानुनमा थियो ।