काठमाडौं – महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका इन्स्पेक्टर देवीप्रसाद पौडेल जिम्मेवारीबाट हटाइएका छन् ।
गत बिहीबार भैंसेपाटीमा नेपाली सेनाबाट बर्खास्तमा परेका जर्नेल हेम खत्रीको घरमा बच्चा बोकेकी महिला हेमा श्रेष्ठमाथि अमानवीय तरिकाले लाठी प्रहार गरेका इन्स्पेक्टर पौडेललाई जिम्मेवारीबाट हटाइएको हो ।
शनिबार महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्ज रहेका इन्स्पेक्टर पौडेलको ठाउँमा अर्का इन्स्पेक्टर सुजित ओझालाई पठाइएको र पौडेललाई ललितपुर परिसर जावलाखेल तानिएको एसपी दुर्गा सिंहले जानकारी दिइन् ।
साथै एसपी दुर्गा सिंह नेतृत्वको छानबिन समितिले तयार पाररेको प्रतिवेदनको आधारमा सोमबारसम्ममा इन्स्पेक्टरलाई विभागीय कारबाही गर्ने एसपी सिंहले बताइन् ।




प्रतिक्रिया