बर्दीमै नाचेर भाइरल भएका प्रहरी नायब निरीक्षक साह कारबाहीमा


काठमाण्डु – नेपाल प्रहरीको बर्दीमै नाच्ने एक प्रहरी नायव निरीक्षक कारबाहीमा परेका छन् ।

कृष्ण जन्माष्टमीको अवसरमा रौतहटको गढीमाई नगरपालिका ६ धरमपुरमा बर्दीमै नाचेका प्रहरी नायब निरीक्षक राजेकिशोर साह कारबाहीमा परेका हुन् ।

प्रहरी आचरणविरुद्ध कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई आइतबार चौकीको इन्चार्जबाट हटाएर अनुसन्धान थालेको रौतहटका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरिएको कार्यक्रममा शनिबार दुई जना नाचिरहेको अवस्थामा साह मञ्चमै पुगेर नाचेका थिए । उनकाे उक्त भिडियाे अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement