काठमाण्डु – प्रधानमन्त्री कपअन्तरगत आजका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश–१ बीचको खेल स्थागित भएको छ । खेलाडीमा कोरोना संक्रमणको शंका भएपछि खेल स्थगित भएको बताइएको छ ।
खेलाडीको कोरोना परीक्षणपछि मात्रै खेलको नयाँ मिति तोकिने क्यानले जनाएको छ । समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
यता प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ । आजको दोस्रो खेल भने निर्धारित समयमै हुने बताइएको छ ।




प्रतिक्रिया