प्रदेश प्रहरी केन्द्र मातहत नै हुनुपर्ने सांसदको माग


काठमाडौं – सांसद रामसहाय यादवले प्रदेश प्रहरीलाई आवश्यक पर्ने प्रहरीको व्यवस्थापन केन्द्र मातहत हुनुपर्ने माग गरेका छन् ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै सांसद यादवले प्रदेश प्रहरीलाई आवश्यक पर्ने प्रहरीको व्यवस्थापन केन्द्रस्थित नेपाल प्रहरीले गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले त्यसका लागि नेपाल प्रहरीमा पुल दरबन्दीको व्यवस्था गर्न उपयुक्त हुने प्रस्ताव पनि अघि सारे । सांसद यादवले प्रदेशमा लोक सेवा आयोगको गठन समेत नभएकाले पनि आवश्यक परेका बेला प्रदेश प्रहरीलाई नेपाल प्रहरीले आवश्यक कर्मचारीको व्यवस्था गर्नुपर्ने तर्क पनि गरे ।

यादवले प्रहरी सेवामा रहेका दम्पत्तिलाई पायक पर्ने गरी सरुवाको व्यवस्था गर्नुपर्ने सरकारको प्रस्ताव उचित भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement