काठमाण्डु – प्रहरीले चाडपर्व नजिकिएसँगै सतर्क रहन अपिल गरेको छ । चाडपर्व लक्षित सचेतना पर्चा जारी गर्दै प्रहरीले यो समय चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकाले सचेत हुन आग्रह गरेको हो ।
महानगरीय प्रहरी परिसर, काठमाण्डुले सचेतना पर्चा जारी गर्दै घरभेटीहरूलाई डेरावालको विस्तृत जानकारी लिन भनेको छ । पर्चामा आफ्नो घरमा डेरा गरी बस्ने व्यक्तिको नाम, थर, स्थायी ठेगानाका साथै फोटोसहित राख्न अनुरोध गरिएको छ । घर डेरा दिउँसोको समयमा खाली हुने भएमा प्रहरीलाई खवर गर्न समेत अनुरोध गरिएको छ ।
आफ्नो ठाउँमा असामान्य व्यक्ति पटक–पटक देखिए निगरानी राख्नसमेत प्रहरीको आग्रह छ । सार्वजनिक स्थानमा हिँड्डुल गर्दा बढी मात्रामा सुनको गर–गहना प्रयोग नर्गन तथा साथमा बढी नगद पनि नबोक्न प्रहरीले अनुरोध गरेको छ । यस्तै प्रहरीको सहयोग चाहीएमा १०० मा फोन गर्न समेत आग्रह गरेको छ ।




प्रतिक्रिया