प्रहरी कार्यालयहरू पुनः सञ्चालनमा आउँदै

प्रहरी कार्यालयहरू पुनः सञ्चालनमा आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेन जी आन्दोलनका क्रममा जलेका प्रहरी कार्यालयहरूलाई पुनः सञ्चालनमा ल्याउन सफाइ कार्य सुरु गरिएको छ। स्थानीय युवा र प्रहरी मिलेर जलेका प्रहरी कार्यालयहरूमा सरसफाइ कार्य सुरु गरिएको हो।

जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा आक्रमण हुँदा अधिकांश भौतिक संरचना जलेर नष्ट भएका छन् भने प्रहरीहरू समेत विस्थापित हुन पुगेका थिए। अवस्था सामान्यतर्फ उन्मुख हुँदै गर्दा प्रहरी कार्यालयहरूलाई पुनः सञ्चालनमा ल्याउने प्रयास सुरु भएको हो।

आन्दोलकारीले प्रहरीका अधिकांश संरचनासँगै बन्दोबस्तीका सामान र पोशाकसमेत जलाइदिएपछि प्रहरी विस्थापित हुन पुगेको थियो ।

त्यस्तै उपत्यकाभित्रका प्रहरी वृत्तबाट काम भइरहेको छ। काठमाण्डु उपत्यकाका रहेका १७ वटा वृत्तमध्ये आन्दोलनका क्रममा प्रायः सबै कार्यालयमा आगजनी र तोडफोड भएको थियो।आन्दोलनकारीको निशानामा परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कामसमेत बिहीबारदेखि आंशिक रूपमा सुरु भएको छ ।

बस्न सकिने भवनहरूमा पुरानै भवनबाट र बस्न अयोग्य भएका स्थानमानजिकैका स्थानबाट प्रहरीले नियमित काम सुरु गरेको उनले बताए । प्रहरीले नियमित ड्युटीमा फर्किएसँगै जलेका संरचना र सामग्रीको क्षतिको मूल्यांकन गर्ने कामसमेत सुरु हुने काठमाडौं उपत्यका प्रहरीका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए ।

केही चौकीमा प्रहरी फर्किँदा स्थानीयहरूले स्वागत समेत गरेका छन्।