काठमाडौंका विभिन्न स्थानमा प्रहरीको छापा, ७० विदेशी पक्राउ, अधिकांश चिनियाँ नागरिक

काठमाडौंका विभिन्न स्थानमा प्रहरीको छापा, ७० विदेशी पक्राउ, अधिकांश चिनियाँ नागरिक


काठमाडौं – काठमाडौंका विभिन्न स्थानमा प्रहरीले छापा मारेर ७० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले विश्ष अप्रेशन नै चलाएर सोमबार दिउँसो उनीहरुलाई पक्राउ गरेको महानगरिय परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

भिजिट भिसामा नेपाल आई यहीँ कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको जानकारी पाएपछि बुढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामा अधिकांश चिनियाँ नागरिक रहेको एसएसपी सुवेदीले जानकारी दिए । चिनियाँ नागरिक पछिल्लो समय बैंकको सिस्टम ह्याकिङ प्रकरणमा जोडिएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको छ ।