जबरजस्ती करणी गर्ने प्रहरी जवान पक्राउ

जबरजस्ती करणी गर्ने प्रहरी जवान पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ओखलढुंगाका एक प्रहरी जवान पक्राउ परेका छन् । बिहे गर्ने आश्वासन दिएर युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा अस्थायी प्रहरी चौकी श्रीचौरमा कार्यरत जवान प्रकाशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई बिहीबार अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जिला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

गत मंगलबार जंगलमा घाँस काट्न गएकी १८ वर्षीया युवतीलाई करणी गरेको आरोप लागेको प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरील जनाएको छ ।