बानेश्वर वृतकी प्रहरी हवल्दार ११ लाख घुससहित प्रकाउ

बानेश्वर वृतकी प्रहरी हवल्दार ११ लाख घुससहित प्रकाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ११ लाख घुस रकमसहित महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी हवाल्दार ताराकुमारी श्रेष्ठ र रेष्टुरेन्ट संचालक अनिस जोशीलाई ११ लाख घुससहित पक्राउ गरेको हो ।

आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधीन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाइदिने काम गरिदिए वापत घुस लिएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

उनीहरुमाथि आवश्यक कारबाही थालिएको उनले बताए ।