रुपन्देही – इलाका प्रहरी कार्यालय रन्यौरामा कार्यरत प्रहरी निरीक्षक केशबबहादुर बस्नेत घुसरकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित बिहीबार बेलुका पक्राउ गरेको हो ।
नदीजन्य पदार्थ बालुवा, गिटी उत्खनन् र ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक बस्नेत पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले बताएको छ ।




प्रतिक्रिया