प्रहरी प्रधान कार्यालयका महत्वपूर्ण कागजात अख्तियारको नियन्त्रणमा

प्रहरी प्रधान कार्यालयका महत्वपूर्ण कागजात अख्तियारको नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लत्ताकपडा, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ।

अख्तियारको विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासनिक विभाग अन्तर्गतका आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको छ।

प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका आवश्यक कागजात उपलव्ध गराउन निर्देशन दिँदा अटेर गरिएकाले आफैँ गएर नियन्त्रणमा लिइएको अख्तियार उच्च स्रोतले जनाएको छ।

भीभीआईपी, भीआईपीका लागि ३० वटा एस्कर्टिङ मोटरसाइकल खरिद, बुट, सर्ट, पाइन्ट, पिकअप भ्यान, मेसिन, औजार लगायतका समान खरिदमा अनियमिता भएको अख्तियारको आशंका छ। त्यसैगरी गुणस्तर परीक्षणमा फेल भएर फिर्ता गरिएका डीएम बुट स्वीकार गरेर अनियमितता गरिएको अख्तियारले जनाएको छ। याे खबर आजको कान्तिपुर दैनिकमा छ ।