माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी परिचालन,शान्तिपूर्ण विरोध प्रदर्शन गर्न आग्रह 

माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी परिचालन,शान्तिपूर्ण विरोध प्रदर्शन गर्न आग्रह 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुका सडकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध विभिन्न दलहरूको विरोध प्रदर्शनलाई लक्षित गर्दै सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेकाे हाे ।

नयाँबानेश्वर, माइतीघर, बबरमहल क्षेत्रमा मात्रै एक हजार बढी प्रहरी खटाइएको छ । यसबाहेक सशस्त्र प्रहरीको छुट्टै टोली खटाइएको छ ।

शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेवल गर्ने सम्भावना बढेकोले विरोधका कार्यक्रमहरु राखिएका हुन् । बुधबार पनि सो क्षेत्रमा एमसीसीको विरोध गर्ने बिभिन्न पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको थियो । प्रहरीले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न आग्रह समेत गरेको छ ।

एमसीसी अनुमोदन गर्ने कुरामा सत्तारुढ दलबीच मतभेद रहेको छ । सत्तारुढ पाँच दलमध्ये नेपाली कांग्रेस अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा छ भने नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संशोधन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने अडानमा छन् । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।