काठमाडौं – शनिबार प्रहरीले दुई वटा चाइनिज पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित काठमाडौंबाट ८ जना पक्राउ र्गयो। पक्राउ पर्नेमा नेपाल आर्मीका भगौडादेखि विप्लव कार्यकर्तासम्म रहेका छन्।
पक्राउ परेका लुटपाटमा संलग्न ८ जनाबाट प्रहरीले दुईवटा ७.२२ एमएम चाइनिज पेस्तोल, ४ राउण्ड गोली र २ थान म्यागजिन पनि बरामद गरेको थियो । उनीहरुबाट बरामद भएका पेस्तोल प्रहरीसँग मात्रै हुने काठमाडौं प्रहरी परिसरले जनाएको छ।
गोरखाका ३८ वर्षीय कुशल अधिकारी, नुवाकोटका २९ वर्षीय रामबहादुर तामाङ, ३० वर्षीय पिटर तामाङ, ३० वर्षीय राजन तामाङ र २५ वर्षीय धर्मराज तामाङ, गुल्मीका ३० वर्षीय युवराज भन्डारी, रसुवाका २९ वर्षीय योर्साङ घले र धादिङका २७ वर्षीय विजय तामाङ रहेका छन्।

कुशल, राम, विजय, पिटर र धर्म काठमाडौं महानगरपालिका-१६ मा रहेको हाई रेस्टुरेन्ट एन्ड डान्स बारका सन्चालकहरु हुन्। प्रहरीका अनुसार कुशल नेपाल आर्मीका भगौडा हुन् भने योर्साङ विप्लव माओवादी निकटका रहेका छन्।
‘बरामद भएका दुवै चाइनिज पेस्तोल नेपाल पुलिसले प्रयोग गर्ने खालका छन्। पेस्तोल बाहिर लेखिएको नम्बरहरु सबै मेटिएको र प्रयोग भइरहेको अवस्थाको देखिएकाले पुलिसकै पेस्तोल हुन सक्ने हाम्रो अनुमान हो’, अधिकृतले भने।
काठमाडौं प्रहरी प्रवक्ता बोगटीले पक्राउ परेका अभियुक्तहरु प्रहरीको भेषमा पनि लुटपाटमा संलग्न हुने गरेको दावी गरे। ‘ पक्राउ परेकाहरुको हुलिया प्रहरीको जस्तै छ। उनिहरु आफुलाई प्रहरी बताएर लुटपाट गर्ने गरेको देखिन्छ ।




प्रतिक्रिया