प्रहरी पेट्रोल पम्पमा पानी भेटियो

प्रहरी पेट्रोल पम्पमा पानी भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल प्रहरीको सामाखुसीस्थित पेट्रोल पम्पबाट बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको छ । पम्पबाट शनिबार बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले नेपाल प्रहरीको सामाखुसीस्थित पेट्रोल पम्पबाट बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको खबर नेपाल आयल निगमलाई प्राप्त भएको छ । यसबारे सत्यतथ्य पता लगाउन अनुसन्धान सुरु भइसकेको छ भन्नुभयो । उहाँले पेट्रोलमा कति मात्रामा पानी भेटिएको हो ? कसरी त्यस्तो भयो ? त्यस विषयमा अनुसन्धान तथा छानबिन सुरु भएको बताउनुभयो ।

प्रवक्ता उपाध्यायले पेट्रोलमा पानी चाहिँ भेटिएको हो । पानी कसरी मिसिन पुग्यो ? सोबारे निगमको प्राविधिक सहितको टोलीले ४८ हजार लिटर क्षमता रहेको उक्त पेट्रोल पम्पकै अनुसन्धान र छानबिन सुरु गरेको छ भन्नुभयो । उहाँले एउटै डिपो र ट्याङ्करबाट विभिन्न पम्पमा पेट्रोल वितरण गरिए पनि अन्य ठाउँमा पानी मिसिएको नभेट्नु तर प्रहरीद्वारा सञ्चालित पम्पमा पानी मिसिएको भेटिनु गम्भीर विषय रहेको बताउनुभयो ।

पानी मिसिएको खबर निगमलाई प्राप्त हुने बित्तिकै थानकोट आयल निगम डिपोका प्रमुुख प्रदीपकुमार यादवसहित निगमका प्राविधिक सहितको टोली सामाखुसी पेट्रोल पम्प पुगी अनुसन्धान सुरु गरेको हो । शनिबार बिहान पेट्रोल बिक्री वितरण गर्ने बेलामा एक ग्राहकले खरिद गरेको पेट्रोलमा पानी मिसिएको भेटिएको थियो । थानकोट डिपोबाट नै सामाखुसी पम्पमा पेट्रोल ल्याइएको थियो ।

नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीले नेपाल आयल निगमको थानकोट डिपोबाट सामाखुसी पम्पमा ल्याउँदा नै पेट्रोलमा पानी मिसिएको पाइएको जानकारी दिनुभयो । उहाँका अनुसार थानकोट डिपोबाट छ हजार लिटर पेट्रोल सामाखुसी पम्पमा ल्याइएको थियो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।