१३ जना इन्स्पेक्टरको काज सरुवा, को कहाँ ? (सूचीसहित)


काठमाडौं – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा इन्सपेक्टर सन्तोषकुमार दाहाल आएका छन भने यसअघि बसपार्कमा रहेका मोहनबिक्रम केसीको सामाखुसीस्थित पहरा गणमा काज सरुवा गरिएको छ ।

यस्तै अपराध महाशाखामा किरण न्यौपाने, दङ्गा नियन्त्रण गण सुनवलमा बाबुराजा पन्त, जिल्ला प्रहरी कार्यालय बाँकेमा रणबहादुर बिष्ट, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा रेशम आचार्य रहेका छन् ।

यस्तै कपिलवस्तु ट्राफिक प्रमुखमा टक्कर स्वाँर, इप्रका बिर्ता पर्सामा निर्मल पनेरू, वडा प्रहरी कार्यालय नेपालगन्जमा हरीबहादुर बस्नेत काज सरुवा भएका छन् ।

यस्तै इलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा, बाँके ट्राफिकमा पविन्द्र बहादुर बम, कल्याण महाशाखामा बासुदेव नेपाल काज सरुवा भएका छन् भने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा हिरेन्द्र रोकायाको काज सरुवा भएकाे प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement