प्रहरीमा एसपी बढुवा :देउवा र प्रचण्डका पिएसओले बाजि मारे,एक नम्बरका छुटे


काठमाण्डु– नेपाल प्रहरीमा ३६ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले बुधबार ३६ जना एसपीको बढुवाको सूची प्रकाशित गरेको हो । बढुवामा हुनेमा ५८ र ६१ ब्याचका प्रहरी अधिकारीहरु हुन् ।

बढुवामा ५८ को व्याचबाट एक नम्बरमा देबेन्द्र बहादुर पाल बढुवा भएका छन् भने ६१ बाट कोमल शाह एक नम्बरमा बढुवा सिफारिस भएका छन् । शाह प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा खटिएका डीएसपी हुन् ।

यस पटकको बढुवामा वरियता मिचिएको मात्र छैन शक्तिकेन्द्रको नजिक रहेकाहरुलाई मात्र माथि तानिएको छ । दोस्रो नम्बरमा बढुवा सिफारिस भएका नरेशराज सुबेदी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका छन् । ०७१ फागुनमा भएको बढुवामा यो टोलीको एक नम्बरमा रहेका डीएसपी गौतम केसी यो बढुवामा छुटेका छन् ।

शाह यसअघि १७ नम्बरमा थिए । उनले प्रधानमन्त्री कार्यालयको शक्ति लगाएर बढुवामा एक नम्बरमा आउन सफल भएका हुन् । एसपी बढुवाको लागि प्रतिस्पर्धामा रहेकी र आफ्नो ब्याचमा यसअघि पांच नम्बरमा रहेकी डीएसपी बसुन्धरा खड्कालाई समेत यस पटकको बढुवामा छुटाइएको छ ।

खड्कालाई बाहिर (यूएन ) मा बढी बसेको र एआईजी विश्वराज पोखरेल निकट भन्दै बढुवाबाट बंचित गरिएको चर्चा प्रहरी मुख्यालयमा छ । बढुवामा तपन दाहाल,अपिल बोहरा,सन्तोष तामाङलगायत छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement