नेपाल प्रहरीका पाँच एसएसपीको सरुवा, सात एसएसपी र सात एसपीको पदस्थापना (सूचीसहित)

नेपाल प्रहरीका पाँच एसएसपीको सरुवा, सात एसएसपी र सात एसपीको पदस्थापना (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका पाँच जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न निकायमा कार्यरत एसएसपीको सरुवा गरेको हो । त्यस्तै सात जना एसएसपी र सातै जना प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन भएको छ । एसपीबाट एसएसपीमा बढुवा भएका र डीएसपीबाट एसपीमा बढुवा भएकाको पदस्थापन भएको हो ।

जसमा कर्णली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत एसएसपी अर्जुनचन्द्र ठकुरीको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा, प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग वृत्ति विकास महाशाखामा कार्यरत यज्ञ विनोद पोखरेलको महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत किरण बज्राचार्यको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ ।

बढुवा भएका सात जना एसएसपीको पदस्थापन

यस्तै भर्खरै एसपीबाट एसएसपीमा बढुवा भएका सात जनाको पदस्थापन भएको छ । जसमा काठमाण्डु उपत्यका प्रहरी शिक्षालयमा दरबन्दी रहेका विकाराज खनालको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कास्की, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी कैलालीमा दरबन्दी रहेका अनुरागकुमार द्धिबेदीको प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङ मानवश्रोत व्यवस्थापन महाशाखामा दरबन्दी रहेका राजेन्द्रसिंह खड्काको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा दरबन्दी रहेका योगबहादुर पालको दुइ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषा शान्ती सुरक्षा महाशाखामा पदस्थापन भएको छ ।