प्रहरीमा ३२ एसएसपीको दरबन्दी रिक्त, निर्मला हत्या काण्डमा मुछिएका बिष्ट बढुवा सूचीको पहिलो नम्बरमा

प्रहरीमा ३२ एसएसपीको दरबन्दी रिक्त, निर्मला हत्या काण्डमा मुछिएका बिष्ट बढुवा सूचीको पहिलो नम्बरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा ३२ वटा दरबन्दी रिक्त भएको छ ।बुधबार गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले १७ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेसँगै उक्त पद रिक्त भएको हो ।

समितिले डीआईजी सिफारिस गरेसँगै ३२ वटा एसएसपीको दरबन्दीमा बढुवा हुन तिब्र प्रतिस्पर्धा शुरु भएको छ । २०५४ मा सेवा प्रवेश गर्नेहरु राष्ट्रिय अनुसन्धानबाट सेवा परिवर्तन गरेर प्रहरीमा आएकाको बीचमा प्रतिस्पर्धा छ ।

कञ्चनपुरमा हत्या गरिएकी निर्मला पन्त प्रकरणमा निलम्बन परेर मुद्दा जितेका एसपी डिल्लीराज विष्ट पनि बढुवाको प्रतिस्पर्धामा छन् । २०५१ चैत ५ मा सेवा प्रवेश गरेका विष्ट बरियता सूचीको पहिलो नम्बरमा छन् ।

सिद्धिबिक्रम शाह दुई नम्बरमा छन् । वरिष्ठ उपरीक्षकमा बढुवा हुन सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, गणेश चन्द, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालकुमार श्रेष्ठ र विमल बस्नेत प्रतिस्पर्धामा छन् ।

सिद्धिविक्रम शाह सहितका अधिकृतहरु २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएका थिए । गणेश चन्द २०५१ चैतमा सेवा प्रवेश गरेका हुन् ।

वरिष्ठ उपरीक्षकमा बढुवा हुन २०५४ चैतमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी र दानबहादुर कार्की सहितका अधिकृतहरु प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा रहेका दानबहादुर कार्की र मनोज केसी प्रहरीमा काविल अफिसरको रुपमा चिनिन्छन् ।