काठमाडौं प्रहरी प्रमुखसहित आधा दर्जन एसएसपी सरुवाको तयारी

काठमाडौं प्रहरी प्रमुखसहित आधा दर्जन एसएसपी सरुवाको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –प्रहरी मुख्यालयले नेपाल प्रहरीका एसएसपी सरुवाको तयारी गरेको छ । प्रहरी स्रोतकाअनुसार मुख्यालयले आधा दजर्न एसएसपीहरुको सरुवाको तयारी गरेको हो ।
प्रहरीले काठमाडौं, अपराध महाशाखा, बागमती र संघिय प्रहरी कार्यालयमा कार्यरत एसएसपीहरुको सरुवा गर्ने तयारी गरेको हो ।

हाल काठमाडौं प्रहरी उत्तम सुवेदी, अपराध महाशाखामा सहकुल थापा छन् । महानगरिय प्रहरी प्रमुखमा डिआईजी विश्वराज पोखरेल रहेका छन् । एसएसपी सुवेदी र थापा उनकै ब्याचका अधिकृतहरु हुन् ।

एसएसपी सुवेदी र थापा दुवै नेपाल प्रहरीभित्र व्यवयसायीक अधिकृतका रुपमा चिनिन्छन् ।मुख्यालयले काठमाडौं दिपक थापा, अपराध महाशाखामा उमेशराज जोशी, बागमतीमा रामदत्त जोशी र सीआईबीमा धिरजप्रताप सिंहलाई पठाउने तयारी गरेको छ ।