प्रहरी स्टाफ कोर्सका विषयमा विधेयकले सम्बोधन गर्ने

प्रहरी स्टाफ कोर्सका विषयमा विधेयकले सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा असल नेतृत्व विकासको लागि नेपाल प्रहरी स्टाफ कोर्सले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

आइतबार नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन समारोहमा बोल्दै उनले यसले नेपाल प्रहरीमा ठूलो सकरात्मक परिवर्तन ल्याउने बताएका हुन् ।

उनले भने, ‘प्रहरी संगठनलाई असल नेतृत्व प्रदान गर्ने व्यक्तिहरु बनाउनका लागि सफल हुनेछ । यसले नेपाल प्रहरीमा ठुलो सकरात्मक परिवर्तन ल्याउनेछ । ५/१० वर्षपछि त्यसको मूल्याङन गरिने छ । नेतृत्व विकासको लागि यसले ठुलो काम गर्नेछ ।’

गृहमन्त्री लेखकले विधेयकमार्फत नै प्रहरी निरीक्षक र त्यो भन्दा माथिको दर्जा प्रहरी अधिकृतहरुको नेतृत्व विकासकाको लागि नेपाल प्रहरी स्टाफ कोर्सको स्थापना गरिने उद्देश्यलाई समेटिएको बताए ।

‘हामीले विधेयक संसद्मा प्रस्तुत गरेका छौ । त्यो विधेयक नेपाल प्रहरी स्टाफ कोर्सको कुरा गरेको छ । त्यसमा मूलत प्रहरी निरीक्षक र त्यो भन्दा माथिको दर्जा प्रहरी अधिकृतहरुको नेतृत्व विकासको परियोजनाको लागि नेपाल प्रहरी स्टाफ कोर्सको स्थापना गरिने र त्यसमा पढाइ गरिने भनेर उद्देश्यलाई उल्लेख गरेका छौ,’ उनले भने ।

उनले पूरानो काम विर्सिने र अहिलेको कुरा मात्र सझिराख्ने चलन गलत भएको भन्दै हिजोले आज र आजले भोलीमा लागि भविश्य तयार गर्ने बताए ।

‘हामी कहाँ के चलन छ भने पहिलको चलन बिर्सिहाल्ने अहिलेको कुरा मात्र सझिराख्ने चलन छ । हिजोले आज जन्माउछ र आजले भोलीमा लागि भविश्य तयार गर्छ,’ उनले भने ।