नेपाल प्रहरीमा एआईजी,डिआईजी र एसएसपीको भयो पदस्थापन,डिआईजी सिलवाल पुगे सुरक्षापरिषदमा


काठमाडौं– नेपाल प्रहरीमा ११ जना एआईजीहरुको पदस्थापना भएको छ  । एआईजीहरु बम बहादुर भण्डारीलाई अपराध अनुसन्धान विभाग, जयबहादुर चन्दलाई महानगरी प्रहरी कार्यालय रानीपोखरी,देवेन्द्र सुवेदीलाई राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, पशुपति उपाध्याय प्रदेश प्रहरी कार्यालय प्रदेश नं.१, र केशरीराज घिमिरेलाई प्रदेश प्रहरी कार्यालय,प्रदेश नं. ३ मा  पदस्थापन गरिएको छ ।

 

त्यसैगरी डिआईजी माधवप्रसाद जोशीलाई  प्रशासन विभाग, विजयलाल कायस्थ प्रदेश प्रहरी कार्यालय प्रदेश नं.२, कमलसिंह बम प्रदेश प्रहरी कार्यालय,प्रदेश नं.४, मिङमार लामालाई प्रदेश प्रहरी कार्यालय, प्रदेश नं. ५, रणबहादुर चन्द प्रदेश प्रहरी कार्यालय,प्रदेश नं.६ र विजय कुमार भट्टको प्रदेश प्रहरी कार्यालय,प्रदेश नं. ७ मा पदस्थापना गरीएको छ ।

 

त्यसैगरी नेपाल प्रहरीका ७ जना डिआईजीहरुको सरुवा समेत गरेको छ । सरुवा हुनेमा डिआईजी नवराज सिलवालाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय,सुदिप आचार्य ट्राफिक निर्देशनालय,केदारमानसिंह भण्डारी,जुनिय प्रहरी अधिकृत शिक्षालय भरतपुर,रमेश कुमार भट्टराई मानवस्रोत विभाग, गणेश केसी महानगरीयक प्रहरी कार्यालय,मधु पुडासैनी कार्यविभाग र रोमेन्द्र सिंह देउजाको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।

 

त्युसैगरी नेपाल प्रहरीका १५ जना डिआईजीहरुको पदस्थापना समेत भएको छ । डिआईजी सर्वेन्द्र खनाललाई ट्राफिक महाशाखा,रमेश खरेल सुरक्षा सेवा निर्देशनालय,पुष्कर कार्की सिआईबी प्रमुखमा,उत्तम कुमार कार्की अख्तियार,भोगबहादुर थापा प्रदेश प्रहरी कार्यालय,प्रदेश नं. ३ मा पुष्कलराज रेग्मीलाई महिला तथा बालबालिका सेवा निर्देशनालय र पवन खरेललाई प्रबन्ध विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

 

डिआईजीहरु छविलाल जोशी प्रहरी प्रशिक्षण प्रतिष्ठान,मनोज न्यौपाने आईजिपीको सचिवालय,ज्ञानविक्रम शाह प्रदेश प्रहरी कार्यालय,प्रदेश नं. १, ठुले राई लागु औषध नियन्त्रण ब्युरो,शरद चन्द प्रदेश प्रहरी कार्यालय, प्रदेश नं. ७ , धिरु बस्नेत,अपराध अनुसन्धान विद्यालय,पुष्पचन्द्र रंजित प्रदेश प्रहरी कार्यालय,प्रदेश नं.४ र सुरेशविक्रम शाहको प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ६ मा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement