प्रहरी भ्यानलाई ट्रकले ठक्कर दिँदा चार प्रहरी घाइते

प्रहरी भ्यानलाई ट्रकले ठक्कर दिँदा चार प्रहरी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटमा ट्रकको ठक्करबाट चार जना प्रहरी घाइते भएका छन् ।

गौरबाट पथलैयातर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिँदा भ्यानमा रहेका चार जना प्रहरी घाइते भएका हुन् ।

घाइते हुनेमा गौर बसपार्कका इन्चार्ज प्रहरी नायव निरीक्षक मनोज सिंह, मठिहा प्रहरी चौकीका इन्चार्ज गौविन्द यादव, प्रहरी नायव निरीक्षक हृदय यादव र प्रहरी जवान सरोज यादव रहेका छन् ।

गौर बसपार्कका इन्चार्ज सिंह र मठिहा प्रहरी चौकीका इन्चार्ज यादव गम्भिर घाइते भएका छन् । उनीहरु दुबै जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

यस्तै सामान्य घाइते भएका हृदय यादव र प्रहरी जवान सरोज यादवको भने स्थानिय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।