के भन्यो पेलोसीको ताइवान भ्रमणबारे ह्वाइट हाउसले ?

के भन्यो पेलोसीको ताइवान भ्रमणबारे ह्वाइट हाउसले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – ह्वाइट हाउसले अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे फेरि एकपटक स्पष्टीकरण दिएको छ । ह्वाइट हाउसका प्रवक्ता क्यारिन जो-पियरेले सभामुखलाई आफूले चाहेको ठाउँमा जान पाउने अधिकार रहेको बताएकी छन् ।

ह्वाइट हाउसको नियमित ब्रीफिङमा सोधिएको प्रश्नको जवाफ दिँदै क्यारिन जो-पियरेले भनिन्, ‘हामीले मात्र सहयोग गर्छौं। हामी उनीहरू कहाँ जाने निर्णय गर्दैनौं। यो निर्णय उनीहरुकै हो । तपाईलाई थाहा छ, राष्ट्रपति आफैं ३६ वर्षको लागि सिनेटर थिए। उनीहरुले यो तथ्य बुझेका छन् ।’ तर, यसले अमेरिकाको दीर्घकालीन नीतिलाई असर नगर्ने पनि उनले स्पष्ट पारिन्।

उनले भनिन् -‘हामीले पूर्णरुपमा स्पष्ट गरिसकेका छौं । पेलोसीको ताइवान भ्रमणले अमेरिकी नीतिमा परिवर्तन हुने छैन।’ कारिन जो-पियरेले यसकारण चीनले यो भ्रमणलाई संकटका रूपमा हेर्नुपर्ने आवश्यकता नरहेको बताइन् । उनले थपिन्– ‘यो भ्रमणको बहानामा चीनले ताइवान स्ट्रेट वरपर आफ्नो आक्रामक सैन्य गतिविधि बढाउन आवश्यक छैन ।’

उनले राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग गत साता वार्ता गरेको पनि जानकारी पनि दिइन्। यो पाँचौं कुराकानी थियो।  हालै, चीनको चेतावनीको बाबजुद, न्यान्सी पेलोसी ताइवानको यात्रा गरिन्। चीनले आफ्नो एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो हिस्सा मान्छ। तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मानेको छ ।

पेलोसीको भ्रमणपछि चीनले भयानक परिमाणको चेतावनी दिएको छ। उसले ताइवान सीमा नजिकै सैन्य अभ्यास पनि सुरु गरेको छ। धेरै चिनियाँ जेट विमानहरू पनि लगातार ताइवानको आकाशमा प्रवेश गरिरहेका छन्।