काठमाण्डु – काठमाडौँ उपत्यका आजपनि वायु प्रदूषण मापनमा विश्वकै दोस्रो स्थानमा छ।
सोमबार बिहान पौने ६ बजे ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौं उपत्यकाका वायु प्रदूषणमा विश्वकै दोस्रो स्थानमा देखिएको हो।
आज वायु प्रदूषणको दृष्टिले भारतको राजधानी दिल्ली विश्वमै पहिलो स्थानमा छ भने पाकिस्थानको लाहोर तेस्रो स्थानमा छ।
इन्डेक्सका अनुसार अहिले काठमाडौंको समग्र वायु गुणस्तर सूचकांक एक्यूआई २१३ छ। प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई २६० छ। वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा रहेको लाहोरको एक्यूआई २०६ छ।
जनस्वास्थ्य विदले केही दिनयता काठमाडौंको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताउँदै उच्च सावधानी अपनाउन आग्रह गर्दै आएका छन्।
लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको विज्ञको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीमा रहेले उच्च सावधानी अपनाउन आग्रह गर्दै आएको छ। मन्त्रालयले साझ बिहानको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सुझाव दिँदै आएको छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर, ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।




प्रतिक्रिया