काठमाण्डु – सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक समितिको बैठक शुक्रबार बस्ने भएको छ।
बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तापछि शुक्रबार बिहानसम्मलाई सरेको हो।
संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जनाइएको छ। एमाले अध्यक्ष ओलीसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने बताए।
बुधबार अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीसँगको सहमतिपछि आजको लागि बैठक तय भएको थियो । तर, बैठक स्थगित गरेर ओली र प्रचण्ड छलफलमा बसेका थिए ।




प्रतिक्रिया