पोर्न साइट सञ्चालन गर्ने युवक गोंगबुबाट पक्राउ


काठमाडौं – प्रहरीले पोर्न वेबसाइड सञ्चालन गर्ने एक युवकलाई पक्राउ गरेको छ । साइबर ब्यूरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई एक युवतीको अश्लिल भिडियो अपलोड गरेको आरोपमा पक्राउ गरेको हो ।

उनले ‘ब्लुसंसार डट कम’ नामको पोर्न बेवसाइट बनाएको ब्युरोले जनाएको छ । श्रेष्ठले उक्त बेवसाइटमा चितवनकी १७ वर्षीया किशोरीको अश्लिल भिडिओ अपलोड गरेका थिए ।

किशोरीले अश्लिल भिडिओ बनाई पोर्न साइटमा राखेको भन्दै ब्युरोमा उजुरी दिएकी थिइन् । उनलाई ब्युरोले पक्राउ गरी थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त,दरबारमार्ग पठाइएको छ ।

उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सात दिनको म्याद समेत थपिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement