कोरोना संक्रमणबाट पोर्चुगलमा थप एक नेपाली युवकको मृत्यु

कोरोना संक्रमणबाट पोर्चुगलमा थप एक नेपाली युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरस संक्रमणबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवकको मृत्यु भएको छ । तनहुँ घर भएका नेपाली युवक तिलबहादुर रानाको साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचारकाे  क्रममा मृत्यु भएको हो ।

रानाले विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए । उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोतले जानकारी दिएको छ ।

कोभिडको कारण ज्यान गुमाउने उनी छैठांै व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । पोर्चुगलमा कोभिडका कारण पहिले एक नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै पोर्चुगलमा कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ ।

रानाको मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताएका छन् ।