पोर्चुगलका लागि रोनाल्डोको १ सय गोल पूरा


एजेन्सी  – क्रिस्टियानो रोनाल्डो आफ्नो देशका लागि एक सय गोल गर्ने पहिलो युरोपेली खेलाडी बनेका छन् । उनको दुई गोलमा पोर्चुगलले मंगलबार स्विडेनलाई नेसन्स कपमा २–० ले हरायो ।डिफेन्डिङ च्याम्पियन पोर्चुगलको यो लगातार दोस्रो जीत हो ।

युभेन्ट्सका फरवार्ड ८१ मिनेट मैदानमा रहे र ४५औं मिनेटमा सयौं गोल पूरा गरे । त्यसपछि उनले ७२ औं मिनेटमा दोस्रो गोल थपे । अब उनी इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् ।

सन् १९९३ देखि २००६ सम्म उनले १०९ गोल गर्न सफल भएका थिए । रोनाल्डोभन्दा पछि भारतका सुनिल क्षेत्री (७२ गोल) र अर्जेन्टिनाका लियोनेल मेस्सी (७०) गोल रहेका छन् । रोनाल्डोले अधिकांश गोल आफ्नो ३० औँ जन्मदिनपछि गरेका छन् । उनले यसक्रममा ४७ खेलमा ४९ गोल गरेका छन् ।

प्रतियोगिताको अर्को खेलमा ओलिभर जिरोडको ४०औं अन्तर्राष्ट्रिय गोलमा फ्रान्सले क्रोएसियालाई ४–२ ले हरायो । यो सन् २०१८ को विश्वकपको पुनरावृत्ति पनि रह्यो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement