गभर्नरमा डा. पौडेललाई रोक्न सर्वाेच्चमा निवेदन, के छ मागदाबी ?

गभर्नरमा डा. पौडेललाई रोक्न सर्वाेच्चमा निवेदन, के छ मागदाबी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदै गएको बेला चर्चामा रहेका अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।

रिट निवेदनमा उनलाई राजनीतिक दलको सक्रिय सदस्य भएकाले गभर्नर बन्न अयोग्य मानिएको छ । राष्ट्र बैंकको ऐन विपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

रिटमा राजनीतिक दलबाट सिधै गभर्नर नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन २०५८ को प्रतिकूल हुने दाबी गरिएको छ । उनीविरुद्ध अभिवक्ताद्वय प्रतीभा उप्रती र विशाल थापाले रिट दायर गरेका छन् ।

गभर्नरमा डा. गुणाकर भट्टलाई नियुक्त गर्न नसकिने भएपछि त्यसको विकल्पमा सत्तारुढ गठबन्धनले पौडेललाई गभर्नर नियुक्त गर्न लागेको चर्चा छ । उनले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिइसकेका छन् ।

गभर्नर नियुक्ति प्रक्रिया सुरु हुँदादेखि नै पटक–पटक सर्वाेच्च अदालतमा रिट दायर हुँदै आएको छ ।