काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सञ्चारमन्त्री पार्वत गुरुङले आवश्यक परे मन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।
पछिल्ले समय नेकपाभित्र देखा परेका विवादलाई नियालिरहेका मन्त्र गुरुङले सत्ताका लागि नेकपाभित्रको विवाद आएको भए आफू मन्त्री पद त्याग्न तयार गरेको बताएका हुन् ।
‘सत्ता र शक्तिको लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तनबाहेक मलगायत धेरै नेता, कार्यकर्ताहरु आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग गर्न पनि तयार छौं’, उनले पार्टी एकताको रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा अोली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
‘यो भावनालाई बुझेर नेतृत्वले पार्टी एकतालाई बचाउन, विभाजनबाट रोक्न र वर्तमान संकट व्यवस्थापन गर्न सम्माननीय प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष, आदरणीय पार्टी अध्यक्ष, पार्टीका जिम्मेवारी अन्य नेता कमरेडहरुमा हार्दिक अनुरोध गर्दछु’, उनले भनेका छन् ।
मन्त्र गुरुङले कोरोना भाइरसको महामारीका कारण देश चौतर्फी संकटमा फसेको अवस्थामा सरकारले प्रतिपक्षको समेत साथ पाएको बताएका छन् । उनले प्रतिपक्षले राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएको तर, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन निम्त्याउने प्रस्ताव स्थगित गर्न आग्रह गरेका छन् ।
‘कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन् प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं’, मन्त्री गुरुङले भने ।




प्रतिक्रिया