मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मातृशिशु मितेरी हस्पिटल परिसरमा सोमबार गण्डकी प्रदेशका प्रदेश सभासद कृष्ण बहादुर थापाले एक समारोहका विच प्रभु बैंक लि. मातृशिशु मितेरी हस्पिटल एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका थिए ।

मातृशिशु मितेरी हस्पिटलमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

उपचारको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मातृशिशु हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुने बैंकले विश्वास लिएको छ ।

साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पु¥याउने नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।