काठमाण्डु– प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा–२मा रहेको मार्फा प्यालेस होटलबीच सम्झौता भएको छ ।
प्रभु बैंक र मार्फा होटलबीच आफ्ना कर्मचारी र ग्राहकहरुलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैंकको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटल विच भएको योे साझेदारीले मुस्ताङको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।




प्रतिक्रिया