बागलुङमा बाढी पहिरो पीडितलाई प्रभु बैंकको आर्थिक सहयोग

बागलुङमा बाढी पहिरो पीडितलाई प्रभु बैंकको आर्थिक सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ – प्रभु बैंकले जिल्लामा बाढी पहिरोले क्षतिग्रस्त स्थानमा आर्थिक सहयोग गरेको छ ।

बिहीबार बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक योजनामन्त्री राम शरण बस्नेतले निरिक्षण गरेका थिए ।

उक्त अवसरमा बाढी प्रभावित बोबाङ वडा अन्तर्गतका स्थानीयहरुसंग उनीहरुले भेटघाट गरेका थिए । उनीहरुले स्थानीयका समस्या बुझी शीघ्र उक्त ठाँउको केन्द्रिय बिद्युत प्रसारण लाईनको सेवा पु¥याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशकातर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवाप्रवाहका लागि कार्यालय स्थापना गर्ने जानकारी पनि दिइएको थियो । करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्यचौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन ।

बुर्तिबाङ बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिलामन्त्री र भौतिक योजनामन्त्रीले मन्तब्य राखेका थिए । उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्धारा नगरपालिकालाई वाढीपिडित उद्वार कोषमा पाँच लाख सहयोग प्रदान गरेका छन् ।