प्रभु बैंक र लोकहित डेन्टलबीच आकर्षक छुट गर्ने सम्झौता


काठमाण्डु – प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रालिबाट अध्यक्ष डा.गणेश साहद्धारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त प्रालिबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावहरुलेलोकहित डेन्टल हस्पिटल प्रालिद्धारा सञ्चालित सेवामा१० प्रतिशत छुट प्राप्त हुने भएको छ । यद्यपि बिल रकम ५०० भन्दा कम भएमा छुट प्रदान नहुने जानकारी गराइन्छ ।

उक्त सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटल प्रालिका मा सुविधा लिन चाहने प्रभु बैंककाग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,लोकहित डेन्टल हस्पिटल प्रालिका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछभन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement