काठमाण्डु – प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोवाइल प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
यो सेवा बंैकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुनेछ । यसबाट नगद झिक्न चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुनेछन् । बैंकले सञ्चालनमा ल्याएको यस नबिनतम् सेवाबाट ग्राहकले पर्याप्त लाभ उठाउनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।




प्रतिक्रिया