काठमाडौं – प्रभु बैंकले काठमाडौं महानगरपालिका–१५, ढुंगेधारामा नयाँ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ।शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले सोमबार एक समारोहकाबीच उद्घाटन गरे।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले देशका विभिन्न स्थानहरुमा शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेकोमा अब ढुंगेधाराबासीहरुले आफ्नै घर आँगन नजिकबाट विना झण्झट प्रभु बैंकको बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्ने अवसर प्राप्त भएको बताए।
बैंकका सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो।
आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको ढुंगेधारा शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र ढुंगेधारा क्षेत्रको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ।




प्रतिक्रिया