काठमाण्डु – नेकपा एमालेका नेता प्रभु शाहले ८ बुँदे माग राखेका छन् । शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा नेता शाहले नेतृत्व समक्ष ८ बुँदे माग राखेका हुन् ।
माओवादी केन्द्र छोडेर नेकपा एमाले रोजेका शाहले पार्टीलाई नेकपाको निरन्तरतामा बुझ्ने र एकताकै स्पिरीटमा कार्य सञ्चालन गर्न माग गरेका छन् ।
साथै उनले नेकपाले अभ्यास गरेको जनताको जनवादलाई आगामी महाधिवेशनमा व्यापक छलफल मार्फत विकास गर्न र नेकपा एमालेको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा नेकपा माओवादी केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्न माग गरेका छन् ।
यस्ता छन् उनका ८ बुँदे मागः
१. सर्वोच्च अदालतल पार्टी एकता भंग गरी नेकपा एमाले र माओवादी केन्द्र व्यूँताए पनि हामीले नेकपा एमालेलाई नेकपा निरन्तरतामा बुझ्ने र एकताकै स्पिरीटमा कार्य सञ्चालन गर्ने ।
२. नेकपाले अयास गरेको जनताको जनवादलाई आगामी महाधिवेशनमा व्यापक छलफल मार्फत विकास गर्ने ।
३. वर्तमान संविधानलाई हाम्रो ७ वर्षको अनुभवको आधारमा देखिएका त्रुटिहरु हटाउन, जनतालाई असली लोकतन्त्रको प्रत्याभूति दिलाउन, राष्ट्रियता, स्थायित्व र समृद्धिको चाहना पूरा गर्न समय सापेक्ष परिमार्जन गर्दै समाजवादको दिशामा अगाडि बढ्ने ।
४. नेकपा एमालेको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा नेकपा माओवादी केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्ने अर्थात माओवादीको पूर्व पदाधिकारीलाई पदाधिकारीमा, केन्द्रीय कार्यालय सदस्यलाई स्थायी कमिटीमा, सचिवालय सदस्यलाई पोलिट व्यूरोमा, पोलिट व्यूरो सदस्यहरुलाई केन्द्रीय कमिटीमा, केन्द्रीय सदस्यहरुलाई प्रदेश कमिटी र प्रदेश कमिटीलाई जिल्ला कमिटीमा समायोजन गर्ने तथा पार्टीको पदीय वरियताक्रम कायम गर्दा नेकपामा अभ्यास गेरेको मर्यादाक्रम र दुईटै पार्टीको वैधानिक हैसियत अनुसारको मर्यादाक्रम समेतलाई ख्याल गरी नयाँ वरियताक्रम निर्धारण गर्ने ।
५. पार्टी संगठन, जवस तथा अन्य निकायहरु निर्माण गर्दा वा खाली भएका पदमा पदपूर्ति गर्दा एकताको मर्म अनुरुप माओवादी पक्षका कमरेडहरुलाई सम्मानजनक सहभागी गराउने ।
६. पार्टीको आगामी महाधिवेशन एकताकै अधिवेशनको रुपमा लिई पार्टी कमिटीहरुको निर्वाचन सहमतिको आधारमा गर्ने ।
७. प्रदेश नम्बर २मा कमिटी निर्माण, पदाधिकारी चयन तथा कार्य विभाजनमा भएको विगतको सहमतिलाई कार्यान्वयन गर्ने ।
८. आईटी आर्मीलाई पार्टीका जनसंगठनको रुपमा स्थापित गर्ने ।




प्रतिक्रिया