प्रभु साह समूहले एमालेको विभान महाधिवेशन बहिस्कार गर्ने

प्रभु साह समूहले एमालेको विभान महाधिवेशन बहिस्कार गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साह समूहले नेकपा एमालेको विधान महाधिवेशन बहिष्कार गर्ने भएको छ।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि तीन दिनसम्म चल्ने एमालेको प्रथम विधान महाधिवेशन प्रभु साह समूहले बहिष्कार गर्ने भएको हो । दुई साताअघि पार्टी अध्यक्ष केपी ओलीलाई बुझाएको ७ बुँदे मागप्रति पार्टी गम्भीर नभएको भन्दै उनको समूहले महाधिवेशन बहिस्कार गर्ने निर्णय गरेको एक नेताले बताए ।

पूर्वमाओवादी खेमाका नेता साह सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूताइदिएपछि एमालेमा रहेर ओलीलाई साथ दिँदै आएका थिए । तर उनी पछिल्लो समय पार्टी नेतृतवबाट असन्तुष्ट छन् । साह समूहले ७ बुँदे माग सम्बोधन भएमात्र विधान महाधिवेनमा सहभागी हुने ती नेताले बताए ।