पूर्वमाओवादी नेताहरुसहित नेकपा ब्यूँताउदै प्रभु साह, ५१ सदस्यीय केन्द्रीय कमिटी तयार

पूर्वमाओवादी नेताहरुसहित नेकपा ब्यूँताउदै प्रभु साह, ५१ सदस्यीय केन्द्रीय कमिटी तयार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका नेता प्रभु साहले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । उनले पुरानै नेकपा ब्यूँताउनका लागि ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार पारेका छन् ।

नेकपा पुनर्गठन गर्ने साहको तयारीलाई एमालेभित्र रहेका अन्य पूर्वमाओवादी नेताहरुले समेत साथ दिने बुझिएको छ । साहले बनाउने केन्द्रीय कमिटीमा दुई दर्जन बढी पूर्वसभासदहरुको नाम समावेश हुने साह निकट स्रोतको दाबी छ ।

‘केपी ओलीले ८ बुँदे मागहरु पूरा नगरेकाले हामी एमालेमै बस्न नसक्ने भयौं । त्यसैले अब साहको अध्यक्षतामा नेकपा पुनर्गठन गर्न लागिएको हो,’ साह निकट एक नेताले भने, ‘५१ सदस्यीय केन्द्रीय कमिटीको नामावली तयार भइसक्यो, अब केहि दिनमै घोषणा हुन्छ ।’
रौतहटका पूर्वमाओवादी सांसद साहले यसअघि एमालेबाट असन्तुष्ट भई आइटी आर्मी समेत गठन गरेका थिए ।