जसपासंगको तालमेलप्रति असन्तुष्टि जनाउंदै प्रभु शाहले एमाले त्यागे, दिए १६ वटै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी

जसपासंगको तालमेलप्रति असन्तुष्टि जनाउंदै प्रभु शाहले एमाले त्यागे, दिए १६ वटै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट-  नेकपा एमालेका नेता प्रभु शाहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेले उनलाई टिकट दिएको भएपनि शाहले जसपासंगको तालमेलप्रति असन्तुष्टि जनाउंदै आफुसहित उनको सिंगो टिमले स्वतन्त्र उम्मेदवारी दिएको जनाएका छन् ।

शाहले रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराएका हुन् । उनको समुहले एमालेले उम्मेदवार दिएका ठाउंमा उम्मेदवारी नदिएपनि जनता समाजवादी पार्टीको भागमा परेका सबै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएको छ ।

एमालेले शाह निकट नेताहरुलाई टिकट नदिएको भन्दै उनि असन्तुष्ट थिए । त्यससमाथि जसपासंगको तालमेलबाट समेत उनि असन्तुष्ट छन् ।

पूर्व मन्त्री शाहले जसपालाई दिइएको १६ वटै क्षेत्रमा आफ्नो टिमका नेताहरुले उम्मेदवारी दिएको जानकारी दिए । उनले आफुले एमाले परित्याग गरेको समेत बताए ।

उनले जसपा मधेषको सबैभन्दा भ्रष्ट शक्ति भएको भन्दै त्यस्तो दलसंग तालमेल गरेर जान नसकिने स्पष्ट पारे ।