प्रचण्ड-माधव समुहबाट विद्रोह गर्ने प्रभु शाहको संकेत, दुई अध्यक्षीय प्रणाली अस्वीकार गर्ने चेतावनी

प्रचण्ड-माधव समुहबाट विद्रोह गर्ने प्रभु शाहको संकेत, दुई अध्यक्षीय प्रणाली अस्वीकार गर्ने चेतावनी


काठमाण्डु -नेकपाका केन्द्रिय सदस्य प्रभु शाहले दुई अध्यक्षीय प्रणालीको विरोध गरेका छन् । नेकपाको प्रचण्ड माधव नेपाल समुहमा रहेका शाहले देश र जनतालाई घात गर्ने दुई अध्यक्षीय प्रणालीलाई अस्वीकार गर्नुपर्ने भन्दै विहिवार विज्ञप्ती जारी गरेका छन् ।

उनले आफु प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको संसद विघटनको सिफारीसलाई आत्महत्याको संज्ञा दिदै प्रचण्ड नेतृत्वलाई सहयोग गर्न अग्रसर भएको तर प्रचण्ड नेतृत्वको समुहले विगतको गल्तिलाई गम्भिर समिक्षा गरी सच्याउनुको साटो पुनरावृति गरेको आरोप लगाएका छन् ।

पुर्व मन्त्री समेत रहेका शाहले नेतृत्वसम्बन्धी विश्वव्यापी मान्यता विपरीत नेपालमा असफल सिद्ध भइसकेको दुई अध्यक्षीय प्रणालीजस्तो गम्भिर विषयमा छलफल नै नगरि अगिंकार गर्ने निर्णयप्रती औपचारिक एवम् अनौपचारिक रुपमा पटक पटक सुझाव एवम् विमति जाहेर गर्दा पनि निषेध एवम् निरकुशताको शैलिमा अगाडी बढाइएको विषयप्रती आफ्नो गम्भिर असहमति एवम् आपति भएको बताएका छन् ।

शाह माधव नेपाललाई अध्यक्ष बनाएदेखी नै असन्तुष्ट छन् ।