काठमाण्डु – शहरी विकासमन्त्री प्रभु साह सवार गाडीले एक जनालाई ठक्कर दिएको छ ।
सर्लाहको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीको ठक्करबाट ३५ बर्षीय बच्चु तामाङ घाइते भएका छन् ।
उनी लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुरका स्थायी वासिन्दा हुन् । सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले मन्त्री शाहको गाडीले तामाङलाई ठक्कर दिएर भागेको बताए ।
स्थानीय स्वाभिमान अस्पतालमा उपचार गराइरहेका तामाङको कम्मर र खुट्टामा चोट लागेको छ ।




प्रतिक्रिया