प्रभु साहको नेतृत्वमा ‘आम जनता पार्टी’ घोषणा हुने

प्रभु साहको नेतृत्वमा ‘आम जनता पार्टी’ घोषणा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् ।

आज काठमाण्डुको कोटेश्वरस्थि तपोवन पार्टी प्यालेसमा साहको नेतृत्वमा आम जनता पार्टी घोषणा हुने जनाइएको छ । नेकपा एमाले छाडेर रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका साहले पार्टी गठन गरेपछि अग्रगामी शक्तिहरुसँग एकताका लागि सम्वाद गर्ने बताएका छन् ।