काठमाण्डु – नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा रथी प्रभुराम शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कायम मुकायम प्रधानसेनापतिमा शर्मालाई नियुक्त गरेकी हुन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको ३ वर्षे पदावधि भदौ २४ गतेबाट सकिँदैछ । उनले भदौ २४ बाट अनिवार्य अवकाश पाउने भएकाले राष्ट्रपति भण्डारीले शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकेकी हुन् ।
प्रधानसेनापति थापा साउन २५ देखि घर बिदामा बस्ने भएकाले ज्येष्ठताका क्रममा रथी शर्मालाई सैनिक ऐन, २०६३ को दफा (८) को उपदफा (३) अनुसार साउन १२ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सिफारिस भएका थिए । उनलाई राष्ट्रपतिले साउन २६ गतेबाट लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिमा तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
र यो पनि
यी हुन् भावि प्रधानसेनापति शर्माका चुनौती र अवसर





प्रतिक्रिया