काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
माओवादी केन्द्रका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको छनौट गर्न बैठक बोलाइएको उनले जानकारी दिए । असार २९ गते प्रधानमनत्रीमा नियुक्त भएका काँग्रेस सभापति देउवाले ७० दिन वितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।
देउवाले बुधबार परराष्ट्रमन्त्रीमा भने नारायण खड्कालाई सपथ गराउने तयारी छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो । त्यही अनुसार काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको बैठक आज बस्दै छ ।




प्रतिक्रिया