काठमाण्डु– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंहदरबार पुगेका छन् ।
आइतबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि देउवा र दाहाल सिंहदरबार पुगेका हुन्।
उनीहरूबीच संक्रमणकालीन न्यायबारे छलफल गर्ने तयारी छ।
तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी छन् ।
यीस्तै आजै अपराह्न राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका थिए । प्रचण्डले समसामयिक विषयमा राष्ट्रपतिसँग कुराकानी गरेका थिए ।
प्रतिक्रिया