बाँदरमुढे पीडितहरूसँग तीन बुँदे सहमति गरे प्रचण्डले, माडीमा भव्य स्वागत


चितवन– चितवनको बाँदरमुढे घटनाका पीडितहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भव्य स्वागत गरेका छन्।

 

माओवादी जनयुद्धका क्रममा चितवनको बाँदरमुढेमा भएको घटनाका पीडितहरूले माडीमा आयोजित चुनावी कार्यक्रमको क्रममा ब्यानरसहित अध्यक्ष प्रचण्डको स्वागत गरेका हुन्।

 

 

अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै पीडितहरूले बाँदरमुढेको नाममा धेरैले राजनीति गरेको बताए।

 

‘समस्याको हल द्वेष र द्वन्दबाट नभई प्रचण्डको पहलबाट मात्र सम्भव हुने निर्क्यौलमा पुगेर प्रचण्डको स्वागत गर्न आएका हौ,’ स्वागतपछि अध्यक्ष प्रचण्डसँग उनीहरूले भने।

 

 

पीडितहरूसँग छलफलपछि नेकपा माओवादी केन्द्र र पीडितहरूबीच ३ बुँदे सहमति समेत भएको छ।

 

 

माडी नगरपालिका प्रमुखको कार्यकक्षमा भएको सहमति पत्रमा नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड र पीडितहरूका तर्फबाट २९ जनाले हस्ताक्षर गरेका छन्।

 

सहमतिमा पीडितहरूलाई रोज़गारीको व्यवस्था, छोराछोरीलाई शिक्षा र काम गर्न नसक्नेहरूलाई जीवनवृत्तिको व्यवस्थाका लागि पहल गर्न माओवादी केन्द्रले ज़िम्मेवारी लिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
Advertisement